स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई ‘जेल विदाउट बेल’को व्यवस्था गर्न सांसद खातुनको माग | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई ‘जेल विदाउट बेल’को व्यवस्था गर्न सांसद खातुनको माग

काठमाडौं । नेपाली काँग्रेसकी सांसद शाहजान खातुनले स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न र स्वास्थ्य क्षेत्रका विद्यमान समस्या समाधान गर्न सरकारकको ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खातुनले स्वास्थ्यकर्मीमाथि हातपात र दुव्र्यवहार गर्नेलाई ‘जेल विदाउट बेल’ (धरौटीबिनाको जेल) को कानूनी व्यवस्था गर्न माग गर्नुभएको हो । सदनलाई सम्बोधन गर्दै सांसद खातुनले कोभिड–१९ को कठिन समयमा स्वास्थ्यकर्मीले खेलेको जोखिमपूर्ण भूमिकाको स्मरण गर्नुभयो । सांसद खातुनले कालिकोटको पलाता अस्पतालदेखि वीरगन्जको नारायणी अस्पतालसम्म स्वास्थ्यकर्मीहरूले असुरक्षित वातावरणमा काम गर्नुपरेको उल्लेख गर्नुभयो । न्युन पारिश्रमिक, अत्यधिक कार्यबोझ, र सेवा सुविधाको अभावका बीच पनि सेवामा खटिएका चिकित्सक तथा नर्सहरूमाथि अस्पतालभित्रै हुने धम्की र हातपातका घटनाले उनीहरूको मनोबल गिरेको उहाँको तर्क छ ।

उहाँले स्वास्थ्यकर्मीको तलब, जोखिम भत्ता, बिमा र सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो । स्वास्थ्यकर्मीलाई सुरक्षित राख्नु भनेको समग्र नागरिकको स्वास्थ्य प्रणालीलाई सुरक्षित राख्नु भएको उहाँको भनाइ छ ।

Leave a Reply

ताजा समाचार