प्रधानमन्त्रीको ‘एक्लोपन’ माथि एमाले सांसद थेबेको प्रश्नः ‘कुन आधारमा साथ दिने ?’ | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

प्रधानमन्त्रीको ‘एक्लोपन’ माथि एमाले सांसद थेबेको प्रश्नः ‘कुन आधारमा साथ दिने ?’

काठमाडौं । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले प्रधानमन्त्रीको कार्यशैली र सरकारको प्रभावकारितामाथि प्रश्न उठाउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थेबेले प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको ‘एक्लोपन’ प्रति टिप्पणी गर्दै विभिन्न जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद थेबेले सरकारले गरेका चुनावी वाचाहरू पूरा नभएको भन्दै कडा आलोचना गर्नुभयो । ‘नो लाइन, ओन्ली अनलाइन’ र घरघरमै राहदानी पु¥याउने वाचा गरे पनि युवाहरू अझै मध्यरातदेखि लाइन बस्न बाध्य भएको उहाँले बताउनु भयो । अघिल्लो सरकारले प्रिन्ट गरेर राखेको १२ लाख लाइसेन्स समेत वितरण गर्न नसकेको र दैनिक उपभोग्य वस्तु ग्यासका लागि समेत जनता लाइनमा बस्नुपर्ने अवस्था रहेको उहाँको तर्क छ ।

उहाँले हाल सञ्चालनमा आउन नसकेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई ‘डेडिकेटेड श्रमिक अन्तर्राष्ट्रिय विमानस्थल’ बनाउन समेत सरकारसँग माग गर्नुभयो ।

Leave a Reply

ताजा समाचार