म्यानमारमा तटबन्ध फुट्दा ६ हजार ७ सय भन्दा बढी विस्थापित | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

म्यानमारमा तटबन्ध फुट्दा ६ हजार ७ सय भन्दा बढी विस्थापित

म्यानमारको एयारवाडी क्षेत्रमा पर्ने नवाउन नदीको तटबन्ध फुट्दा १ हजार ३ सय ३३ घरधुरीका कुल ६ हजार ७ सय ४७ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । लेम्येथना टाउनसिप प्रशासन टोलीले शनिवार यस बारे जानकारी दिएको हो । प्रशासनकाअनुसार गत बिहीबार स्यान्ड बोइल्स (बालुवाको उफान) र जमिन भासिएका कारण तटबन्ध फुटेको थियो । यस घटनामा हालसम्म कुनै मानवीय हताहती वा घाइते भएको विवरण प्राप्त नभएको अधिकारीहरूले उल्लेख गरेका छन् । तटबन्ध फुटेपछि प्रभावित बनेका बासिन्दाहरूलाई विभिन्न राहत शिविरहरूमा सारिएको छ । सम्बन्धित निकायहरूले शिविरमा रहेका नागरिकहरूलाई पिउने पानी, खाद्यान्न र अन्य अत्यावश्यक आपतकालीन राहत सामग्रीहरू उपलब्ध गराइरहेका छन् ।

Leave a Reply

ताजा समाचार