सीरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

सीरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु

मध्य सीरियाको दमास्कस–देइर अल–जोर राजमार्गमा शनिवार दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । सीरियाली सरकारी समाचार एजेन्सी (साना) ले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो । सीरियाको प्रेषण, एम्बुलेन्स तथा आपतकालीन निर्देशनालयका निर्देशक नजिब अल–नासानकाअनुसार यस भीषण दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् । दुर्घटना होम्स प्रान्तको पूर्वी ग्रामिण इलाकामा पर्ने अल–सुखना र पाल्मिरा क्षेत्रको बीचमा भएको जनाइएको छ । दुर्घटना लगत्तै सीरियाली रक्षा अधिकारीहरूले घाइते तथा मृतकहरूलाई होम्स सैन्य अस्पताल पु¥याउनका लागि कयौँ हेलिकप्टरहरू परिचालन गरेका थिए । दुर्घटनाको ठोस कारण भने हालसम्म खुल्न सकेको छैन । अधिकारीहरूले घटनाको बारेमा विस्तृत विवरण सार्वजनिक गर्न बाँकी छ । यसअघि, सीरियाको राज्य–सञ्चालित अल–इखबारिया टेलिभिजनले दुर्घटनामा १९ जनाको मृत्यु र २७ जना घाइते भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो । पछिल्लो समय घाइतेहरूको अवस्था र उद्धार कार्यसँगै मृतकको संख्यामा वृद्धि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

Leave a Reply