ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल

काठमाडौं ।

नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धका प्राविधिक विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूको संलग्नता हुनुपर्ने बताउनुभएको छ । शुक्रवार संघीय संसद्को विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै नेता दंगालले अन्तर–निकाय सम्बन्ध अत्यन्त प्राविधिक विषय भएकाले यसमा केवल अध्ययनकर्ता मात्र नभई सोही क्षेत्रमा प्रत्यक्ष कार्यरत अनुभवी विज्ञहरूको परामर्श लिनु उपयुक्त हुने सुझाव दिनुभएको हो । छलफलका क्रममा नेता दंगालले विषयवस्तुको गाम्भीर्यताका आधारमा विज्ञ छनोट गर्नुपर्ने बताउनु भयो । ऐन कार्यान्वयनको विषय थिम्याटिक र प्राविधिक दुवै भएकाले सभापतिले प्रश्ताव गरे बमोजिम नै विज्ञहरूको पहिचान गरी कार्य अगाडि बढाउन उपयुक्त हुने नेता दंगालको भनाइ छ ।

Leave a Reply