फ्रान्स र इंग्ल्यान्ड जारी विश्वकप २०२६ को तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै छन | ईमाउण्टेन समाचार

Our Network

साउन १ २०८३, शनिबार

फ्रान्स र इंग्ल्यान्ड जारी विश्वकप २०२६ को तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै छन

काठमाडौं ।

अमेरिकाको मायमीमा हुने यो खेल नेपाली समय अनुसार आइतबार बिहान पौने ३ बजे हुने छ । दुवै टोली सेमिफाइनलमा हारको पीडा बोकेर मैदानमा उत्रनेछन् । यो खेल गोल्डेन बुट अवार्डको होडका लागि पनि महत्वपूर्ण छ । त्यसमा फ्रान्सका केलियन एमबाप्पे तथा इंग्ल्यान्डका ह्यारी केन र र जुड बेलिंघम शीर्ष गोलकर्ता बन्ने प्रयासमा छन् । यो दुवै टिमका लागि प्रतियोगिताबाट उदास हुँदै बिदा लिने अवसर हुनेछ । फ्रान्सेली र इंग्लिस टिम भारी मन लिएर फ्लोरिडा पुगेका छन् । दुबै एकै पीडा सेमिफाइनलमा बेहोरेको हार  नै छ ।

विश्वकप सेमिफाइनल चरण प्रवेश गर्दासम्म सबैभन्दा बदियो दावेदारी प्रस्तुत गरेको फ्रान्स स्पेनको बलियो रणनीतिसामु २–० गोल अन्तरले पराजित भयो । इंग्ल्यान्डले भने विश्वकपमा एक अर्को बिर्सनलायक कथा लेख्दै अर्जेन्टिनासँग अग्रता जोगाउन नसक्दा को हातबाट २–१ को हार बेहो¥यो । विश्व फुटबलमै सबैभन्दा मन नपराइएको प्रतिस्पर्धाका रूपमा लिइने तेस्रो स्थानको खेलपछि जित्ने एउटाको पीडामा केही मलम लाग्ने छ । तर हार्नेको पीडा फेरि बल्झने छ ।यस खेलसँगै फ्रान्सेली प्रशिक्षकका रूपमा डिडियर डेसच्याम्पले बिदा लिँदै छन् । उनले फ्रान्सेली टिममा १४ वर्ष लामो समय सफलता पूर्वक विताएपनि छाड्रने बेला उत्साहित हुन नसक्ने अवस्था छ । ५७ वर्षीय डेसच्याम्पको नेतृत्वमा फ्रान्सले सन् २०१८ मा विश्वकप जित्यो । सन् २०२२ मा कतारमा भएको विश्वकपमा भने उपविजेतामै सीमित भयो

Leave a Reply

ताजा समाचार