काठमाडौं, १० फागुन । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २९ गते गर्ने निर्णय गरेको छ । निर्वाचन विहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म जारी रहने आयोगले जनाएको छ ।
निर्वाचन आयोगको आज बसेको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा (२) को व्यवस्था बमोजिम यहि फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने गरी निर्वाचनको मिति तोकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
यस्तो छ निर्वाचन कार्यतालिका :





