सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने ५ दिने अल्टिमेटम तत्काल फिर्ता लिनुपर्दछः काँग्रेस सांसद कामी | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने ५ दिने अल्टिमेटम तत्काल फिर्ता लिनुपर्दछः काँग्रेस सांसद कामी

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेको सुकुम्बासीहरुलाई ५ दिनभित्र हटाउने अमानवीय अल्टिमेटम तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ ।बिहीवार प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै उहाँले उक्त माग गर्नुभएको हो । सांसद कामीले सरकारले सुकुम्बासीहरुको समस्या समाधानका लागि तत्काल कार्ययोजना सार्वजनिक गर्नुपर्ने पनि बताउनु भयो । सरकारले सुकुम्बासीहरुको समस्या नगद बाँडेर अस्थायी रुपमा समाधान गर्न खोज्न नहुने पनि सांसद कामीको भनाई थियो । उहाँले उनीहरुलाई सुरक्षित आवाससहितको व्यवस्था सरकारले गर्नुपर्ने बताउनु भयो ।त्यस अवसरमा सांसद कामीले प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति जवाफदेही नभएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार