संसदमा उठेका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

संसदमा उठेका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

काठमाडौँ ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ । बुधवार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक, शुन्य, विशेष र प्रादेशिक सरोकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिनुभएको हो । राष्ट्रिय सभाका सदस्यहरूले जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएपनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जवाफ नआएको भन्दै सभामा आवाज उठ्दै आएको थियो । सांसदहरुको ध्यानाकर्षणपछि सोही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा यस्तो निर्देशन जारी गर्नुभएको हो ।

Leave a Reply

ताजा समाचार