प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा संसदमा मतदान गर्नुपर्ने अवस्था आयोः काँग्रेस सांसद यादव | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा संसदमा मतदान गर्नुपर्ने अवस्था आयोः काँग्रेस सांसद यादव

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद रेखाकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिबारे संसदमा गोप्य मतदान गर्न माग गर्नुभएको छ । प्रधानमन्त्री साहले दिएको अभिव्यक्ति संसदले निक्र्यौल गर्नुपर्ने भएकाले पनि संसदमा यस सम्बन्धमा गोप्य मतदान गर्न आवश्यक रहेको सांसद यादवको तर्क थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री साहको अभिव्यक्ति पछि सुस्तालगायतका नेपाली भूमिमा भारतीय सीमा सुरक्षा बलले बल प्रयोग गर्ने गरेको भन्दै यसको जवाफ कसले दिने भनि सरकारलाई प्रश्न पनि गर्नुभयो ।

सांसद यादवले प्रधानमन्त्री साहले संसदमा दिनु भएको उक्त अभिव्यक्तिको जवाफ नआएसम्म आफूहरुको विरोध यथावत रहेको पनि बताउनु भयो । सांसद यादवले प्रधानमन्त्रीको अभिव्यक्तिको ढाकछोप हुनेगरी परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा जवाफ दिएको आरोप पनि लगाउनु भयो ।

Leave a Reply

ताजा समाचार