बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई

काठमाडौँ ।

विपक्ष दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बीवाईडी घोटला प्रकरणबारे संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मिलेमतोमा बीवाईडी कम्पनीको गाडीहरु निर्यातमा कर छली गरेको चर्चा रहेका बेला अध्यक्ष राईले त्यसको सत्यतथ्य कुरा बाहिर ल्याउनका लागि सरकारले तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्ने बताउनुभएको हो । मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले आफूहरुले कर छली प्रकरणबारे छानविन गरेर सत्य कुरा बाहिर ल्याउन सरकारसँग माग गरिएको बताउनु भयो ।

फरक प्रसंगमा अध्यक्ष राईले आफूलाई ट्राफिक प्रहरीले कारबाही गरेको भन्ने कुरा सत्य नभएको जिकिर पनि गर्नुभयो । ट्राफिक नियम उलंघन गरेको आरोपमा तपाईलाई कारबाही गरिएको हो नि भनेर सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए । अध्यक्ष राईले उक्त विषयमा आफू अनविज्ञ रहेको बताउनु भयो ।

Leave a Reply