काठमाडौं,७ फागुन । महिला संघीय संसदमा पहिलोपटक सबैभन्दा धेरै ३४ प्रतिशत महिलाको प्रतिनिधित्व हुने भएको छ । संविधानले संघीय संसदमा ३३ प्रतिशत महिलाको अनिवार्य व्यवस्था गरेका कारण दलहरुले बाध्य भएर समानुपातिकबाट भए पनि महिलाको उपस्थिति बढाएका हुन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभा रहेको संघीय संसदमा १ सय १२ जना महिलाको प्रतिनिधित्व हुने भएको छ । संघीय संसदमा राष्ट्रियसभाबाट ५९ जना, प्रतिनिधिसभाबाट २ सय ७५ गरी ३ सय ३४ सदस्य छन् । त्यसमध्ये १ सय १२ जना महिला निर्वाचित भएका छन् ।, आजको नागरिकमा यो खबर छ ।