संघीय संसदमा ३४ प्रतिशत महिला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संघीय संसदमा ३४ प्रतिशत महिला

sanghiya samsadh

काठमाडौं,७ फागुन । महिला संघीय संसदमा पहिलोपटक सबैभन्दा धेरै ३४ प्रतिशत महिलाको प्रतिनिधित्व हुने भएको छ । संविधानले संघीय संसदमा ३३ प्रतिशत महिलाको अनिवार्य व्यवस्था गरेका कारण दलहरुले बाध्य भएर समानुपातिकबाट भए पनि महिलाको उपस्थिति बढाएका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभा रहेको संघीय संसदमा १ सय १२ जना महिलाको प्रतिनिधित्व हुने भएको छ । संघीय संसदमा राष्ट्रियसभाबाट ५९ जना, प्रतिनिधिसभाबाट २ सय ७५ गरी ३ सय ३४ सदस्य छन् । त्यसमध्ये १ सय १२ जना महिला निर्वाचित भएका छन् ।, आजको नागरिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);