काठमाडौँ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र साहलाई एक हप्ताभित्र संसदमा सहभागि गराउने प्रतिवद्धता व्यक्त गरेको छ । सभाको मंगलवारको बैठकमा बोल्दै सत्तरुढ दलका महामन्त्री कविन्द्र बुर्लाकोटीले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले आफूले प्रधानमन्त्री शाहको सचिवालयसँग कुराकानी गरेको उल्लेख गर्दै संसदको अवरोध खुलाउन प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभयो ।तर प्रतिपक्षी दलहरुले प्रधानमन्त्री शाह संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै संसदमा अवरोध गर्दै आएका छन् ।




