सरकारलाई नेकपा सांसद राईले भन्नुभयो, गरिव र निमुखालाई पनि बाँच्न देऊ | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८३, आइतबार

सरकारलाई नेकपा सांसद राईले भन्नुभयो, गरिव र निमुखालाई पनि बाँच्न देऊ

काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की राष्ट्रिय सभा सांसद जयन्तिदेवी राईले गरिव निमुखा जनतालाई पीडा दिने काम नगर्न सरकारलाई सचेत गराउनुभएको छ ।शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सुकुम्बासी बस्तीमा सरकारले अतिपीडा दिएको उल्लेख गर्दै उनीहरुको बाँच्न पाउने अधिकार हनन नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सरकारले गरिव र निमुखा नागरिकलाई बाँच्न पाउने अधिकार समेत हनन गरेको सांसद राईको आरोप थियो ।

उहाँले सुकुम्बासी बस्तीबाट विस्ताथित भएकाहरुको ज्यान जान अवस्था बढदै गएकाले सरकारले उनीहरुका लागि गाँस,बासको व्यवस्था तत्काल मिलाउनुपर्ने बताउनु भयो । सांसद राईले हुम्ला र बाजुरा जिल्लामा सीमा विवादका कारण कुटपिटको घटना समेत भएको उल्लेख गर्दै त्यस्ता घटना हुन नदिनका लागि पनि सरकारलाई सचेत गराउनु भयो ।

Leave a Reply

ताजा समाचार