इरानसँग आणविक हतियार हुन नदिने अमेरिकी राष्ट्रपति ट्रम्पको अडान | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

इरानसँग आणविक हतियार हुन नदिने अमेरिकी राष्ट्रपति ट्रम्पको अडान

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग हुनसक्ने कुनैपनि सम्भावित शान्ति सम्झौताका लागि त्यहाँको संवद्र्धित युरेनियम भण्डारमा अमेरिकाको नियन्त्रण हुनुपर्ने प्रश्ताव अघि सार्नुभएको छ । इरानले आणविक हतियार प्राप्त गर्न नसकोस् भन्ने सुनिश्चित गर्न यस्तो शर्त अनिवार्य रहेको उहाँको दाबी छ । बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले इरानको उच्च संवद्र्धित युरेनियम अमेरिकाले आफ्नो नियन्त्रणमा लिने बताउनु भयो राष्ट्रपति ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्न अनुमति नदिने आफ्नो अडान पुनः दोहो¥याउनुभएको छ ।यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जारी वार्तामा केही सकारात्मक संकेतहरू देखिएको बताउनुभएको छ । यद्यपि, वार्ताको परिणामलाई लिएर अहिले नै अति आशावादी भइहाल्न नहुनेमा उहाँले जोड दिनुभएको छ ।

Leave a Reply