सुकुम्बासी तथा अव्यवस्थित बस्ती खालि गराउने सरकारको कदमविरुद्ध सुकुम्बासी संघले बिहीवार चक्काजाम गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८३, बुधवार

सुकुम्बासी तथा अव्यवस्थित बस्ती खालि गराउने सरकारको कदमविरुद्ध सुकुम्बासी संघले बिहीवार चक्काजाम गर्ने

काठमाडौँ 

नेपाली कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल सुकुम्बासी संघले सुकुम्बासी तथा अव्यवस्थित बस्ती खालि गराउने सरकारको कदमविरुद्ध आन्दोलन गर्ने भएको छ । संघले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गुठी तथा बिर्ता पीडित समुदायमाथि भइरहेको जबर्जस्ती उठीवास र डोजर अभियानविरुद्ध आन्दोलन गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अमर परियारले अदालतले सुकुम्बासी बस्ती खाली नगराउन अन्तरिम आदेश दिइसक्दा पनि कोहलपुरमा सुकुम्बासी बस्तीमाथि डोजर चलाउने काम भएको भन्दै आपत्ति जनाउनुभयो ।

सरकारले सर्वोच्च अदालतको आदेशमाथि धावा बोल्ने काम गरेको भन्दै उहाँले उक्त कुराको निन्दा गर्नुभयो । उहाँले सरकार मात्र नभई नेपाली सेना आफैँ विवादमा आउने गरेर हस्तक्षेप गरेको भन्दै त्यसका विरुद्ध संघर्ष गरिने बताउनु भयो । उहाँले यही संघले यही वैशाख ११ गते घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै वैशाख ३१ गतेदेखि थप संघर्षका कार्यक्रम सञ्चालन गरिने बताउन ुभयो । उहाँले वैशाख ३१ गते बिहान ६ बजेदेखि १० बजेसम्म सवारी साधन सञ्चालन नगरी आन्दोलनलाई सहयोग गर्न यातायात व्यवसायी र सर्वसाधारणलाई पनि आग्रह पनि गर्नुभयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारमाथि अध्यादेशमार्फत शासन चलाउन खोजेको, नेपाली सेनालाई विवादमा तान्ने प्रयास गरेको तथा राष्ट्रपति र संसदको गरिमा कमजोर पार्ने काम भइरहेको आरोप पनि लगाउनु भयो । उहाँले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले अभ्यास गर्ने भनेको प्रत्याह्वानमार्फत प्रधानमन्त्री एवं रास्वपा संसदीय दलको नेताबाट शाहलाई फिर्ता बोलाउन माग समेत गर्नुभयो ।

Leave a Reply