सरकारसँग सांसदहरुको मागः किसानलाई मलको अभाव नहोस्, अवरुद्ध चिया निर्यात सहज गरियोस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८३, बुधवार

सरकारसँग सांसदहरुको मागः किसानलाई मलको अभाव नहोस्, अवरुद्ध चिया निर्यात सहज गरियोस्

काठमाडौँ 

प्रतिनिधि सभाका सांसदहरुले ठप्प रहेको चिया निर्यातका लागि तत्काल भारत सरकारसँग कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले किसानलाई मलको अभाव हुन नदिने गरी तत्काल आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएका छन् । सांसद सुहाङ नेपालले ठप्प रहेको चियाको निर्यातका लागि तत्काल भारत सरकारसँग कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले चिया किसान र उद्योगीहरुको संरक्षणका लागि ठोस नीति बनाउन पनि सरकारलाई सचेत गराउनु भयो । सरकारले किसानलाई मलको अभाव हुन दिन नहुने पनि सांसदहरुले बताएका छन् ।

सांसद सुनिल केसीले किसानले आवश्यक मल पाउने गरी व्यवस्था गर्न सरकारलाई दबाब दिनुभएको हो । उहाँले मेलम्चीको पानी काठमाडौंका जनताले कहिलेसम्म कुर्नुपर्ने हो ? त्यसको जवाफ दिन पनि सरकारसँग माग गर्नुभयो । सांसद सुरेशकुमार चौधरीले भारतीय सीमा क्षेत्रको पूर्वाधार विकासमा जोड दिन सरकारलाई सुझाव दिनुभयो ।बर्दियालगायतका सीमा क्षेत्रका जनताले विभिन्न खालको समस्या झेल्नुपरेको उल्लेख गर्दै त्यहाँका जनताको समस्या समाधानमा सरकार गम्भिर भएर लाग्नुपर्ने पनि सांसद चौधरीले बताउनु भयो ।

Leave a Reply