तेह्रथुम, ५ फागुन । तेह्रथुमको माथिल्लो क्षेत्रमा हिमपात सुरु भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र तीनजुरे, मंगलबारे, गुफा, मिल्के लगायतका क्षेत्र हिउ परेर सेताम्मे भएका छन् ।
संखुवासभाको चौकी वजारमा पनि वाक्लो हिउँ परेको स्थानीयले बताएका छन् । लेकाली वस्तीमा बर्षासँगै वाक्लो हिउँ परेकाले स्थानीय घरवाहिर निस्कन सकेका छैनन् ।
वर्षासँगै हिमपात शुरु भएपछि जनजीवन प्रभावित भएको छ । एक्कासी हिउँ परेकाले लेकाली क्षेत्रका जंगलमा रहेका चौंरी तथा भेडी गोठहरु अन्य क्षेत्रमा झार्न सकिएको छैन ।