कृषि मन्त्रालयको आश्वासनः सरकारले कृषि अनुसन्धानका लागि बजेटको अभाव हुन दिँदैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८३, शुक्रबार

कृषि मन्त्रालयको आश्वासनः सरकारले कृषि अनुसन्धानका लागि बजेटको अभाव हुन दिँदैन

काठमाडौं ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कृषि अनुसन्धानका लागि सरकारले बजेट अभाव हुन नदिने बताउनुभएको छ । कृषि क्षेत्रमा बजेटको अभाव भइरहेका बेला उहाँले सो क्षेत्रका लागि सरकारले अब बजेटको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । शुक्रवार ललितपुरमा आयोजित नेपाल कृषि अनुसन्धान परिषद्को ३५ औं वार्षिकोत्सव समारोहमा बोल्दै सचिव मिश्रले सरकारले कृषि अनुसन्धानको कामलाई प्राथमिकताका साथ अघि बढाएको दाबी समेत गर्नुभयो । कृषि अनुसन्धानका लागि ठोस प्रस्ताव आए सरकारले तत्काल बजेटको व्यवस्था गर्ने सचिव मिश्रको आश्वासन थियो ।

उहाँले बजेटको अभावमा रहेको कृषि अनुसन्धान सम्बन्धि कार्यक्रमलाई सरकारले कुनैपनि बेला बजेटको आवश्यक व्यवस्था मिलाउन सक्ने पनि बताउनु भयो । चिव मिश्रले सरकारले कृषि मन्त्रालय अन्तर्गतका रिक्त दरबन्दी पूर्ति हुनेगरी नीतिगत, कानूनी रुपमा आफना कार्यहरु अघि बढाएकाले जनशक्ति अभावको अवस्था आउन नदिने पनि बताउनु भयो ।

Leave a Reply

ताजा समाचार