अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रुपमा उपलब्ध हुने दाबी गर्नुभएको छ ।
मंगलवार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले धानबालीका आवश्यक मलको व्यवस्था गरिएको स्पष्ट पार्नुभएको हो । उहाँले मलको अभाव हुन नदिनका लागि सम्बन्धित संघीय र प्रादेशिक मन्त्रालयहरुमा गुनासो सुनुवाईका लागि सम्पर्क व्यक्तिको व्यवस्था गरिएको पनि जानकारी दिनुभयो । मन्त्री चौधरीले मलका लागि बजेटको अभाव हुन नदिने आश्वासन अर्थ मन्त्रालयले दिएको पनि बताउनु भयो ।

मन्त्री चौधरीले सरकारले कृषकका लागि आवश्यक बीउविजनको पनि अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply