काठमाडौं ।
आज दिउँसो कोशी, मधेस, वागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।
राती देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरुमा तथा बाँकी पहाडी र हिमाली भू–भागको थोरै स्थानमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।





