टियु खेलमैदान भत्किँदैन, लिज सम्झौता नविकरण गर्छौंः सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

टियु खेलमैदान भत्किँदैन, लिज सम्झौता नविकरण गर्छौंः सरकार

काठमाडौं । 

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नभत्काइने स्पष्ट पार्नुभएको छ । सोमवार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले त्रिविसँग नयाँ लिज एग्रिमेण्ट गरिने बताउनुभएको हो ।

उहाँले विश्वविद्यालय र खेलमैदान राज्यकै निकाय र लगानी भएको भन्दै नयाँ तवरले सम्झौता गरेर अघि बढ्ने बताउनु भयो । त्रिभूवन विश्वविद्यालयले आफ्नो जग्गामा रहेका भौतिक संरचना खाली गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र पठाएर क्रिकेट मैदान खाली गर्न भनेको छ ।

Leave a Reply