नेपालमा राजसंस्थाको आवश्यकता छ : जगद्गुरु रामभद्राचार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

नेपालमा राजसंस्थाको आवश्यकता छ : जगद्गुरु रामभद्राचार्य

काठमाडाैं । प्रसिद्ध कथावाचक एवं भारतको तुलसी पीठका पीठाधीश्वर जगद्गुरु रामभद्राचार्यले नेपाल समृद्ध र पूर्णरूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभएको छ । जनकपुरधाममा जानकी नवमीको अवसरमा भ्रमणका लागि आउनुभएका उहाँले यस्तो बताउनुभएको हो ।

नेपाल आउँदा आफूलाई आफ्नै घर आएको जस्तो हुने भन्दै नेपाल कुनै पनि देशको भर पर्नु नहुने बताउनुभयो । प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना गर्दै शाहको रवैया राम्रो नभएको जिकिर गर्नुभयो । प्रधानमन्त्री शाहसँग राजनीति र गाम्भीर्यको अनुभव कम रहेको उहाँले बताउनुभयो । उहाँको भारतप्रतिको दृष्टिकोण शुद्ध हुनुपर्ने र भारतविरोधी हुनु नहुने बताउनुभयो । शाहमा हिन्दुत्वप्रति आकर्षण र प्रेम हुनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपालमा राजसंस्थाको आवश्यकता रहेको बताउनुभयो । नेपालमा अत्याधिक धर्मान्तरण भइरहेकोमा पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

Leave a Reply