‘नेपाल वेलनेस इयर २०२७’ मनाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

‘नेपाल वेलनेस इयर २०२७’ मनाउने तयारी

काठमाडाैं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आरोग्य र वेलनेस क्षेत्रलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

जोशीले कम्तीमा १५ लाख नेपालीलाई जहाँ भएपनि कम्तीमा १५ मिनेट आरोग्यका कुनै न कुनै गतिविधिमा सहभागी हुन आह्वान गर्नुभयो । उहाँले यस अभियानलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी व्यापक बनाउन समेत आग्रह गर्नुभयो । पर्यटन बोर्डले ‘नेपाल वेलनेस इयर २०२७’ का लागि विशेष क्यालेन्डर निर्माण गरिरहेको जानकारी पनि जोशीले दिनुभयो । उहाँले आरोग्य, वेलनेस, स्पा र मेडिटेसन सम्बन्धी काम गरिरहेका व्यक्तित्व तथा संस्थाहरूलाई आफ्ना महत्वपूर्ण कार्यक्रमहरू सो क्यालेण्डरमा समावेश गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले एउटा महत्वपूर्ण अभियानकै हिसावले सार्वजनिक आह्वान गरेका छौं । कम्तीमा १५ लाख नेपालीले जहाँ छौं, जुन अवस्थामा छौं, कम्तीमा १५ मिनेट आरोग्यका कुनै गतिविधि गरेर सोसियल मिडियाबाट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी नेपाल वेलनेस इयर २०२७ जुन घोषणा भएको छ । यसका लागि हामी एउटा क्यालेण्डर बनाउँदैछौं । यहाँ थुप्रै व्यक्तित्वहरु हुनुहुन्छ विभिन्न आरोग्य, वेलनेस, स्पा, मेडिटेसन सम्बन्धी काम गरिराख्नुभएको । महत्वपूर्ण कार्यक्रम छन् भने त्यो क्यालेन्डरमा हामी समावेश गर्नेछौं । त्यसका लागि पनि मैले अनुरोध गरें र यो सहकार्य र समन्वयका लागि हामी तयार नै छौं ।’

बोर्डले यस क्षेत्रमा सहकार्य र समन्वयका लागि आफूहरू सधैँ तयार रहेको स्पष्ट पारेको छ ।

Leave a Reply

ताजा समाचार