आजबाट शुरू भयो नयाँ वर्ष २०८३ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

आजबाट शुरू भयो नयाँ वर्ष २०८३

काठमाडौं । विक्रम संवत्को पात्रोअनुसार आजदेखि नयाँ वर्ष शुरू भएको छ। हरेक बैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ।

विक्रम संवत्को पात्रोअनुसार सौर्यमानक हिसाबले बैशाख १ गते नयाँ वर्ष मनाइन्छ । विक्रम संवत् हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो हाे ।

नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ। नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाउने गरिन्छ । नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन्।

विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ।

Leave a Reply