अञ्जनको बुट क्याम्पबाट उत्साहित बालबालिका | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

अञ्जनको बुट क्याम्पबाट उत्साहित बालबालिका

काठमाडाैं ।

नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार अञ्जन विष्टको ट्रेनिङ सेन्टरले आयोजना गरेको बुट क्याम्पमा जुनियर फुटबलर उत्साहित भएका छन् ।ललितपुरको बुद्धविकास फुटबल मैदानमा भएको १० दिने बुट क्याम्पमा करिव ७२ जना बालबालिका प्रशिक्षण गरिररहेका छन् । ८ देखि १६ वर्षको बालबालिकालाई लक्षित गरेर उनीहरूको कौशलतामा वृद्धि गर्ने उद्देश्यले यो क्याम्प आयोजना भइरहेको छ । नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता(१३) को सूचीमा रहेका तीन खेलाडी मध्ये एक अञ्जन करिब १२ वर्षदेखि राष्ट्रिय जर्सीमा देखिँदै आएका छन् । उनले नै स्थापना गर्न लागेको अञ्जन विष्ट ट्रेनिङ सेन्टरले उक्त बुट क्याम्प सञ्चालन गरिरहेको छ । नेपालका स्ट्राइकर अञ्जन विष्टले १० दिनको नेक्स्ट जेन बुट क्याम्प सकारात्मक रूपमा अघि बढेको र यहाँबाट धेरै पक्ष सिक्ने पाएको विश्वास व्यक्त गरेका छन् । यसैगरी नेपाली फुटबलमा योगदान गर्दै जाने उनको विश्वास छ ।

पहिलो दिनदेखि १० दिनसम्मका लागि पूर्ण योजनासहित क्याम्पमा प्रशिक्षण हुने उनी बताउँछन् । यसैले पनि यहाँबाट बालबालिकाले धेरै पक्ष सिक्ने पाउने अञ्जनको विश्वास छ । हरेक दिन के नयाँ गर्न सकिन्छ भनेर काम गरिरहेको उनी बताउँछन् । व्यक्तिगत रूपमा पनि बालबालिकासँग आफूले कुराकार्नी गरिरहेको र चार दिनसम्म सकारात्मक प्रतिक्रिया आएकाले निकै उत्साहित भएको अन्जन बताउँछन् । सिकिरहेको प्रशिक्षण प्रभावकारी छ की छैन ? के पक्षमा सुधार आवश्यक देखिन्छ जस्ता पक्षमा जुनियर फुटबलरसँग सोध्ने गरेको अञ्जनले उल्लेख गरेका छन् । अविभावकबाट राम्रो प्रतिक्रिया आइरहेको र आगामी यात्रा बारे प्रश्न आउने गरेको अञ्जनले बताएका छन् ।उनले अबको एक महिनामा नै एकेडेमी निर्माण बताए । यसको सञ्चालनका लागि चुनौती रहेकोमा उनी स्विकार गर्छन् । आँट र शाहस बोकेर अघि बढ्न सके एकदिन आफ्नो कामले सार्थकता पाउनेमा अञ्जन विश्वस्त देखिएका छन् ।

नेपाली फुटबल सकिसक्यो भन्ने होहल्ला सुनिए पनि खेलाडीको रूपमा आफूहरूले पनि केही गर्नुपर्ने उनले औंल्याएका छन् । यो १० दिने क्याम्पमा जुनियर फुटबलरलाई कडा मिहिनेत र समर्पणबारे सिकाउने उनी बताउँछन् । बुट क्याम्पमा सहभागी बालबालिकाकाको अविभावक तथा शाहस स्पोर्ट्सका निर्देशन जनक न्यौपानेले बिदाको समयमा बालबालिकाहरू अनाश्यक काम लाग्न सक्ने भएकाले बुट क्याम्पमा सहभागी गराएको बताए । अञ्जन बिष्टले क्याम्प गर्न लागेपछि केही सिक्न पाउने आशासहित प्रशिक्षणमा सहभागी भएको न्यौपाने बताउँछन् । यो क्याम्प सकिएपछि के गर्न सकिन्छ भन्ने बारे पनि निर्धारण हुन आवश्यक रहेको उनको भनाइ छ । बुट क्याम्पमा सहभागी एक जुनियर फुटबलर सौजन न्यौपानेले ड्रिब्लिङ, गेम ट्रेनिङ र पासिङ जस्ता पक्ष सिकेको बताए । यो क्याम्पबाट सुधार आएको उल्लेख गर्दै उनले राष्ट्रिय टोलीमा पुग्ने लक्ष्य रहेको बताए । यस क्याम्पमा आधारभूत प्रशिक्षणदेखि खेलाडीको खेल कौशलअनुरूप खेल अनुशासन, मेहनत, धैर्यता जस्ता फुटबलका पक्षमा प्रशिक्षण भइरहेको छ ।

Leave a Reply