‘सडक र मन्दिर बने तर जनताको अवस्था फेरिएन’ | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

‘सडक र मन्दिर बने तर जनताको अवस्था फेरिएन’

काठमाडाैं । राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले नेपालमा भएका विभिन्न राजनीतिक आन्दोलनले व्यवस्था बदले पनि जनताको अवस्था बदल्न नसकेको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय सभाको बैठकमा बोल्दै ठाकुरले राष्ट्रिय गानको भावना र देशको यथार्थबीच ठूलो खाडल रहेको औंल्याउनुभएको हो ।

उहाँले नेपालको सार्वभौमसत्ता बाहिर गएको त छैन ? भन्दै प्रश्न गर्नुभयो । नेपालको राजनीतिक इतिहासको चर्चा गर्दै ठाकुरले वि.सं. १९९७ देखि २००७, २०१७, २०३६, २०४६ हुँदै २०६२÷६३ सम्मका आन्दोलनहरू कसैको वरदान नभई हजारौँको बलिदानको उपज भएको बताउनुभयो । समानता, स्वतन्त्रता र राष्ट्रियताका लागि संघर्ष गरेको भएपनि व्यवहारमा त्यो नदेखिएको ठाकुरको तर्क छ । अधिकार माग्नेहरूलाई ‘अलगाववादी’ भनिएकोमा आपत्ति जनाउँदै उहाँले सत्तामा बस्नेहरूले आफ्नो कुर्सी खतरामा पर्दा मात्र राष्ट्रियताको नारा लगाउने गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ’प्रत्येक १० वर्षमा यहाँ परिवर्तन हुँदो रहेछ । सडकको अनुहार राम्रै देखिन्छ, मठ–मन्दिरको रेखदेख भएको छ, तर जनताको के ? किन प्रत्येक पटक यो अवस्था दोहोरिन्छ ? किनकि यहाँ बेरोजगारी छ । युवाहरू विदेश जान बाध्य छन् र त्यहाँबाट किड्नी फेल गराएर फर्किन्छन् ।’

मुलुकमा गणतन्त्र आएपनि पुराना शक्तिहरू अझै लुकिछिपी सक्रिय रहेको उहाँले बताउनुभयो ।

Leave a Reply