प्रतिनिधि सभाको पहिलो बैठकमा ६ दलका शीर्ष नेताले सम्बोधन गर्ने, प्रचण्ड नबोल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

प्रतिनिधि सभाको पहिलो बैठकमा ६ दलका शीर्ष नेताले सम्बोधन गर्ने, प्रचण्ड नबोल्ने

काठमाडाैं । चालु अधिवेशनमा प्रतिनिधि सभाको पहिलो बैठक बिहीबार दिउँसो सिंहदरबारमा बस्दैछ । दिउँसो २ बजे निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा बैठक बस्न लागेको हो । बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राष्ट्रिय दलका शिर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली काँग्रेसका नेता सांसद भीष्मराज आङ्देम्बे, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ । यस्तै स्वतन्त्र सांसद महावीर पुनले पनि सम्बोधन गर्ने कार्यसूचि रहेको छ ।

सचिवालयका अनुसार बैठकमा सम्बोधन गर्ने नेताहरुलाई दलीय आधारमा बोल्ने समय निर्धारण गरिएको छ । रास्वपालाई २५ मिनेट, काँग्रेसलाई १० मिनेट, एमालेलाई ८ मिनेट, नेकपा, श्रमसंस्कृति र राप्रपालाई ७/७ मिनेट तथा स्वतन्त्र सांसद पुन लाई ५ मिनेटको समय निर्धारण गरिएको सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रपति कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउने, तीन वटा अध्यादेश पेश गर्ने, सभामुख चयनको निर्वाचन कार्यतालिका प्रश्तुत गर्ने, संसद नियमावली, २०७९ प्रश्तुत गर्ने, शोक प्रश्ताव परित गर्ने लगायतका सम्भावित कार्यसूची समेत रहेका छन् ।

Leave a Reply