पश्चिम एशिया द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयार | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

पश्चिम एशिया द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयार

एजेन्सी । यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा पश्चिम एशियामा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना तथा सहजीकरण गर्न पाकिस्तान तयार रहेको प्रधानमन्त्री शहबाज सरिफले बताउनुभएको छ । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै प्रधानमन्त्री सरिफले सो कुरा बताउनुभएको हो ।

उहाँले यस क्षेत्र र विश्वकै शान्ति तथा स्थिरताका लागि पश्चिमा एशियाकाे द्वन्द्व अन्त्य गर्न भइरहेका संवादका प्रयासहरूलाई पाकिस्तानले स्वागत र पूर्ण समर्थन गर्ने उल्लेख गर्नुभयो ।

यसैबीच, इरानी समाचार एजेन्सी ‘तस्निम’ काअनुसार सोमवार इरानी राष्ट्रपति मसूद पेजेस्कियानले प्रधानमन्त्री सरिफसँग टेलिफोनमा कुराकानी गर्दै क्षेत्रीय सहयोगप्रति तेहरानको प्रतिवद्धता पुनः दोहोर्याउनुभएको छ ।

Leave a Reply