शाहबाज सरिफद्वारा पाकिस्तानको २४औं प्रधानमन्त्रीका रुपमा शपथग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

शाहबाज सरिफद्वारा पाकिस्तानको २४औं प्रधानमन्त्रीका रुपमा शपथग्रहण

एजेन्सी,२२ फागुन । शाहबाज सरिफले पाकिस्तानको २४ औं प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा आयोजित एक समारोहमा सोमवार शाहबाज सरिफले पाकिस्तानको २४ औँ निर्वाचित प्रधानमन्त्रीको रुपमा शपथ लिनुभएको हो ।

कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कड, सिनेटका अध्यक्ष सादिक संजरानी, सेना प्रमुख, राजनीतिज्ञ र राजदुतहरुको उपस्थितिमा राष्ट्रपति आरिफ अल्वीले नवनिर्वाचित प्रधानमन्त्रीलाई पद तथा गोपनियताको शपथग्रहण गराउनु भयो । यसअघि आईतवार पाकिस्तान मुस्लिम लिग–नवाजका अध्यक्ष सरिफले ३३६ सदस्यीय राष्ट्रिय सभामा २०१ मत प्राप्त गर्नुभएको थियो ।

आफ्नो पार्टीले पाकिस्तान पिपुल्स पार्टी संसदीय दल, मुत्ताहिदा कौमी मुभमेण्ट–पाकिस्तान र अन्यसँग गठबन्धन बनाएपछि शरीफ सत्तामा आउनुभएको हो । सांसदहरुले उहाँलाई देशको प्रमुख कार्यकारी पदका लागि उम्मेदवारको रूपमा मनोनयन गरेका थिए ।

आईतवार प्रधानमन्त्रीमा निर्वाचित भएपछि राष्ट्रिय सभामा आफ्नो पहिलो सम्बोधनमा सरिफले देशको विकासका लागि कर प्रणालीमा सुधार, स्वतन्त्र व्यापार क्षेत्र र निर्यात क्षेत्र स्थापनालगायत आर्थिक सुधारमा ध्यान दिने बताउनु भयो । प्रधानमन्त्रीले आफ्नो सरकारले देशको विकासका लागि चीन–पाकिस्तान आर्थिक करिडोरको बिस्तार र प्रवद्र्धन गर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);