काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अब बन्ने सरकारले जातीय विभेद हुन नदिने गरी काम गर्नुपर्ने बताउनुभएको छ । ६१ औँ अन्तराष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नयाँ सरकारले दलितको हक अधिकारको संरक्षण, संवद्र्धन र प्रवर्द्धन सचेत भएर काम गर्न आवश्यक रहेको अध्यक्ष मगरको भनाई थियो । उहाँले जातीय विभेद अन्त्यका लागि आयोगले सम्बन्धित सबै पक्षहरु मिलेर काम गरिरहेको दावी समेत गर्नुभयो । उहाँले जातीय विभेद अन्त्यका लागि विद्यमान कानून कार्यान्वयनमा जोड दिन आवश्यक रहेको समेत दोहो¥याउनु ।
अध्यक्ष मगरले भन्नुभयो,‘मानिसको मानसिकतामा पनि चेन्ज गर्दै ल्याउनुपर्यो । कानून भएर मात्रै भएन । कार्यान्वयनका लागि राजनीतिक प्रतिवद्धता पनि चाहियो । अब चुनाव भयो । नयाँ पार्टी विजय भएको छ । उहाँहरुको सरकार बन्छ । सरकार बनेपछि उहाँहरुले के गर्नुप¥यो भन्दा कसैले पनि दलितको हक अधिकार संरक्षण गर्न सकिन्छ, संवर्दन प्रवद्र्धन गर्न सकिन्छ उनीहरुको अधिकार कुनैपनि किसिमबाट हनन हुनु भएन भन्ने कुरा गर्नुपर्यो ।’
अध्यक्ष मगरले जातीय विभेद अन्त्यका लागि नेपाली समाजको मानसिकतामा नै परिवर्तन ल्याउन जरुरी रहेको पनि बताउनुभयो।





