पश्चिम एशियामा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी छ : प्रवक्ता सापकोटा | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

पश्चिम एशियामा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी छ : प्रवक्ता सापकोटा

काठमाडाैं । हाल मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण नेपालीहरुमा मानसिक त्रास बढ्दो क्रममा रहेको छ ।
मध्यपुूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार बद्दो मानसिक त्रासका कारण स्वदेश फर्किन चाहने नेपालीहरुको संख्या पनि बढ्दो रुपमा रहेको छ ।

यस क्षेत्रमा २० लाख भन्दा बढी नेपाली श्रमिकहरु कार्यरत रहेका छन् । नेपाल सरकारले नेपाल फर्किन चाहने नेपाली श्रमिकहरुलाई राजदुतावासले उपलब्ध गराउने फारम भर्न अनुरोध गरेको छ ।  हाल पाँच सय भन्दा बढीले नेपालमा फर्किन चाहेको प्रवक्ता सापकोटाले बताउनुभयो । नेपाल फर्किन चाहेका श्रमिकहरुसँग खर्च अभाव देखिएको उहाँको भनाई छ । उहाँले नेपाल फर्किन चाहेका र खर्च नभएको नेपालीहरुको उद्धारका लागि संघले ‘वैदेशिक रोजगार कल्याणकारी कोष’ स्थापना गरेको जानकारी दिनुभयो । सोही कोषमार्फत उद्धारको तयारी भइरहेको उहाँको भनाई छ । संघको १२ औँ महाधिवेशन सम्पन्न भएपछि बसेको विस्तारित बैठकले ५ करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको हो ।

उक्त कोषलाई बढाएर १० करोड रुपैयाँसम्म पु¥याइने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । उहाँले कोषको रकम उद्धारको साथै श्रमिकहरुको सुरक्षाको लागि खर्च गरिने बताउनु भयो । साथै तेस्रो मुलुक जानको लागि मध्यपूर्वमा ट्रान्जिट भइ अलपत्र परेका नेपालीहरुको व्यवस्थापनमा खर्च गरिनेछ । प्रवक्ता सापकोटाकाअनुसार हालसम्म मध्यपूर्वको द्वन्द्वमा परि दुई नेपालीको मृत्यु भएको छ । धेरै नेपालीहरु असुरक्षा महशुस गरिरहेका छन् । असुरक्षित महशुस गरेका नेपालीको उद्धारको लागिक परराष्ट्र मन्त्रालयसहित नेपाल सरकारका निकायहरूसँग समन्वय गरेर संघले उद्धार टोली परिचालन गरेको उहाँले जानकारी दिनुभयो । उक्त टोलीमा एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद् र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी छन् ।

प्रवक्ता सापकोटाले मध्यपूर्वमा हाल बाहिर फैलिएको जस्तो भयावहको स्थिति नभएपनि युद्धले आगामी दिनमा लिने रुप भने यकिन गर्न कठिन रहेको बताउनु भयो । मध्यपूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास नै बढी रहेको उहाँले दोहो¥याउनु भयो । उहाँले आगामी दिनमा स्थिति अझ जटिल हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सरकार र संघ दुवै सचेत भएर काम गरिरहेको बताउनुभयो । उहाँकाअनुसार संघले मध्यपूर्व हुँदै अन्य देश जाने नेपालीहरूलाई अस्थायी बसोवास, मार्गदर्शन र सहयोग प्रदान गर्ने गरेको छ । उहाँले श्रमिकहरुको उद्धार तथा सुरक्षाको लागि विभिन्न देशमा फरक–फरक परिस्थितिअनुसार छुट्टाछुट्टै रणनीति अपनाउनुपर्ने भएकाले त्यसअनुसार योजना बनाइएको बताउनुभयो ।

उहाँले सरकार र संघ दुवैले सम्भावित संकटलाई ध्यानमा राखेर राहत तथा उद्धारलाई पहिलो प्राथमिकताका राखेको जानकारी दिनुभयो । द्वन्द्वको कारण ठूलो संख्यामा नेपालीहरू प्रभावित हुन सक्ने भएकाले समस्या उत्पन्न हुनुअघि नै तयारी सुदृढ पार्ने प्रयास जारी रहेको उहाँको भनाई छ ।

Leave a Reply