इजरायलबाट नेपाल फर्किन अनलाइन नाम दर्ता गराकाहरु सम्पर्कमा आउनै छाडे | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

इजरायलबाट नेपाल फर्किन अनलाइन नाम दर्ता गराकाहरु सम्पर्कमा आउनै छाडे

काठमाडौं, २ कात्तिक । प्यालेस्टाइनी समूह हमाससँगको युद्धबाट ग्रस्त इजरायलमा रहेका धेरै नेपालीले स्वदेश फर्किन अस्वीकार गरेका छन् । इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणको सुरुवाती समयमा अनलाइन नाम दर्ता गराका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडेका छन् ।

दूतावासका प्रथम सचिव अर्जुन घिमिरेका अनुसार मंगलबार भारतले आफ्नो उद्धार विमानमा नेपालीका लागि २० वटा सिट उपलब्ध गराए पनि १८ जना मात्रै सम्पर्कमा आएका थिए । सबैलाई सूचना गर्दा पनि १८ जना मात्रै जान तयार भएको भन्दै उहाँले नेपाल फर्किन चाहेका नागरिकहरूको मनस्थिति बदलिएको टिप्पणी गर्नुभयो । दूतावासले नेपाल फर्किन चाहनेहरुका लािग आवश्यक व्यवस्था गर्ने सार्वजनिक सूचना नै जारी गरेको छ । दूतावासले आक्रमण सुरु भएको तेस्रो दिनदेखि नेपाल फर्किन चाहनेको विवरण माग गरेको थियो ।

त्यसरी सूचना जारी गर्दा नाम दर्ता गराएका करिब चार सयभन्दा बढीमध्ये २ सय ५४ जना मात्रै पहिलो चरणको उद्धारमा नेपाल फर्किएका थिए । त्यसपछि मंगलबार थप १८ जनालाई भारतीय विमानको सहयोगमा दिल्ली हुँदै नेपाल ल्याइएको छ । पहिलो चरणमा नेपाल फर्किने २५४ जना सबै विद्यार्थी थिए भने यो चरणमा श्रमका लागि गएकाहरू बढी छन् । एकजना नेपाली विद्यार्थी विपिन जोशी भने घटनाकै दिनदेखि सम्पर्क विहीन छन् । दूतावासका प्रथम सचिव घिमिरेका अनुसार विपिनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।

अहिलेसम्म कुनै नतिजा हात लाग्न सकेको छैन । घटनामा परी ज्यान गुमाएका १० जनामध्ये पाँच जनाको शव इजरायलले नेपाली राजदूतावासलाई हस्तान्तरण गरिसकेको छ । बाँकी पाँच जनाको शवको पहिचान र केही कानुनी प्रक्रिया बाँकी रहेको दूतावासले जनाएको छ । छिट्टै मृतकका शव नेपाल पठाउने तयारी भइरहेको घिमिरेको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);