एजेन्सी । टोकियोमा ठूलो संख्यामा जापानी नागरिकहरूले प्रधानमन्त्री सानाए ताकाइचीको नीतिको विरोधमा प्रदर्शन गरेका छन् । यसमा संविधान संशोधनलाई तिब्रता दिने, सैन्य क्षमता विस्तार गर्ने र राष्ट्रिय खुफिया कार्यहरूलाई मजबुत बनाउने जस्ता नीतिहरू समावेश छन् ।
प्रदर्शनकारीहरूले देशको भविष्यको दिशाप्रति चिन्ता व्यक्त गरेका छन् । यो र्याली विभिन्न नागरिक समूहहरूले संयुक्त रूपमा आयोजना गरेको हो । जसले प्रतिनिधिसभाको दोस्रो सदस्य कार्यालय भवन अगाडि भेला भएका थिए । सहभागीहरूले संविधान संशोधनको विरोध र फासिजमलाई पिंजडाबाट ननिस्काउनु जस्ता प्लेकार्ड बोकेका थिए भने युद्ध नहोस् जस्ता नारा लगाएका थिए ।
फेब्रुअरी २० मा, ताकाइचीले संसदमा नीति भाषण गर्दै संविधान संशोधनप्रति आफ्नो दृढ प्रतिवद्धता दोहोर्याएकी थिइन् । उनले जापानको रक्षा क्षमता मूल रूपमा मजबुत बनाउने, घातक हतियारको निर्यात विस्तार गर्ने र राष्ट्रिय खुफिया क्षमता बढाउने कुरा गरेकी थिइन् । यी टिप्पणीहरूले जापानी समाजमा व्यापक चिन्ता र आलोचना निम्त्याएको छ ।





