बढ्यो सुनको मूल्यः कतिमा हुदैछ कारोबार ? | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

बढ्यो सुनको मूल्यः कतिमा हुदैछ कारोबार ?

काठमाडौं। सुनको मूल्य लगातार उकालो लाग्ने क्रमले आजपनि निरन्तरता पाएको छ।

आजको कारोबारमा सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँले बढ्दै नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्यमा भने आज गिरावट आएको छ। चाँदी प्रतितोला १० रुपैयाँले घट्दै ५ हजार ५८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Leave a Reply