काठमाडौं महानगरपालिकामा जग्गा सम्बन्धी भू-सेवा केन्द्र र भू-सूचना प्रणाली सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

काठमाडौं महानगरपालिकामा जग्गा सम्बन्धी भू-सेवा केन्द्र र भू-सूचना प्रणाली सञ्चालनमा

काठमाडाैं । काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा ल्याइएको छ । काठमाडाैंमा भएकाे उक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्राडा कुमार इङ्नामले काठमाडौं महानगरपालिकामा भू–सेवा केन्द्र सँचालनको शुभारम्भ गर्नुभएको हो ।

उहाँले संविधानमा सिंहदरबारको अधिकार तल्लो तहसम्म लैजानुपर्ने व्यवस्था गरे अनुसार भूसेवालाई काठमाडौं महानगरमा समेत लागू गरिएको बताउनुभयो । सिंहदरबारमा पाइने सम्पूर्ण सुविधाहरु स्थानीय तहमा लैजान सकिएमात्रै गाउँगाउँमा सिंहदरबार गएको मान्न सकिने मन्त्री इङ्नामले बताउनुभयो ।

महानगरमा आयोजित एक कार्यक्रमकाबीच सञ्चालनमा ल्याएको जग्गासम्बन्धि भू-सेवा केन्द्र हाललाई पाइलट प्रोजेक्टका रुपमा १० वटा वडाबाट सञ्चालनमा ल्याइएको काठमाडौं महागरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताउनु भयो । उहाँकाअनुसार निकटतम भविष्यमै ३२ वटै वडाबाट भूसेवा सञ्चालन गर्ने तयारी छ ।

डंगोलले भन्नुभयो–‘४७ औँ महानगरपालिकाको कार्यपालिका बैठकबाट भूसेवा सञ्चालन गर्ने निर्णय लिएका हौँं । १० वटा वडामा पाइलट प्रोजेक्टका रुपमा सेवा सञ्चालन गरिँदैछ । क्रमशः रुपमा अरु वडाहरुमा भूसेवा र भूसूचना प्रणालीलाई शुरु गर्ने निर्णय गरेका छाैँ । पहिलो चरणमा वडा नम्बर ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा अहिले यो सेवा शुरु हुँदैछ । यी वडाबाट पाइलेटिङ गर्दैछौँ ।’

उहाँकाअनुसार सेवा सुचारु गर्नका लागि प्राविधिकदेखि भैतिक रुपमै तयारी गर्नुपर्ने भएकाले एकैपटक सवै वडामा सञ्चालन गर्न कठिन भएको हो । अब राजश्व लिने, बायोमेट्रक गर्ने, जग्गा किनबेच गर्न तमासुख गर्ने, सम्पतीलाई बैंकमा राखेर ऋण लिन कोही जग्गा रोक्का र फुकुवा गर्न आए दिने, पूर्जा प्रिन्ट गरेर दिने कार्य स्थानीय तहमार्फत गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply