ओली-प्रचण्ड छलफलः यस्तो भयो सहमति | ईमाउण्टेन समाचार

Our Network

माघ ४ २०८१, शुक्रबार

ओली-प्रचण्ड छलफलः यस्तो भयो सहमति

oli prachanda

काठमाडौं,१ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नयाँ सरकार गठनपछि मात्र पार्टी एकीकरणको प्रक्रिया अगाडि बढ्ने भएको छ । पार्टी एकताभन्दा पनि सरकार गठनकै गृहकार्यमा बढी लाग्नुपर्ने भएकाले सरकार गठनपछि मात्र पार्टी एकताको प्रक्रिया अगाडि बढाउने भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली सरकार गठन गरेर मात्र पार्टी एकताको पक्रिया अगाडि बढाउने तयारीमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सरकार गठनअघि नै पार्टी एकताको खाका सार्वजनिक गर्नुपर्ने अडानमा छन् । ओली र प्रचण्डबीच धेरैपटक छलफल भए पनि अध्यक्ष पदमा कुरा मिल्न नसकेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);