सरकारले सिंगो पार्टीलाई निर्वाचनमा जाने वातावरण बनाएन : महासचिव चन्द | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

सरकारले सिंगो पार्टीलाई निर्वाचनमा जाने वातावरण बनाएन : महासचिव चन्द

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जाने वातावरण नबनाएको आरोप लगाउनुभएको छ ।  पार्टीको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले आफूहरु चुनावमा जाने तयारी गरिरहँदा सरकारले कम्युनमा छापा मारेर गम्भिर षडयन्त्र गरेको आरोप लगाउनुभयो । काठमाडौंमा हराएका हतियार फेला पार्न नसक्ने सरकारले आफ्नो पार्टीका कम्युनमा प्रहरी परिचालन गरेर बहादुरी प्रर्दशन गरेको उहाँको भनाइ छ । राज्यले आफूहरुको कम्युनमा बम रहेको भन्ने गलत प्रचार गरेर पार्टीको बदनामी गरेको उहाँले बताउनुभयो । यो सबै साम्राज्यवादको इशारामा दलाल शक्तिहरूले चालिएको षड्यन्त्र भएको उहाँको दाबी छ ।

उहाँले सिंगो पार्टी निर्वाचनमा भाग लिने तयारीमा रहेको भएपनि राज्यको व्यवहारकै कारण त्यो सम्भावना नरहेको बताउनु भयो । उहाँले निर्वाचन र आन्दोलन दुबैको माध्यामबाट आफूहरुको रणनीति रहेको उल्लेख गर्नुभयो । सोहीअनुसार पार्टी सरकारले निर्वाचनको वातावरण नबनाएपनि फागुन २१ गते हुने निर्वाचनको लागि सहभागी भएको बताउनुभयो ।

Leave a Reply

ताजा समाचार