ढाका अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा भीषण आगलागी | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

ढाका अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा भीषण आगलागी

एजेन्सी । बङ्गलादेशको राजधानी ढाकामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा ठूलो आगलागी भएको छ ।
हिजो लागेको आगलागीपछि सबै उडान अवरूद्ध भएकोमा सञ्चालनमा आएका छन् ।

विमानस्थलको मुख्य टर्मिनलमा कुनै असर नपरे पनि धावनमार्गमा बाक्लो धुवाँ फैलिएपछि उडानसेवा केहि समय अवरुद्ध बनेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । आगलागी नियन्त्रणका लागि ३७ अग्निनियन्त्रक युनिटहरू परिचालन गरिएको थियो भने दिउँसो शुरु भएको आगलागी सहजै नियन्त्रणमा नआएपछि थप सुरक्षा बललाई परिचालित गरिएको थियो ।

कतिपय उडानहरू अन्य विमानस्थलमा डाइभर्ट गरिएको खबरमा उल्लेख छ ।आगो निभाउने क्रममा चार जनालाई सामान्य चोट लागेपछि अस्पताल लगिएको विमानिस्थलका अधिकारीले जनाएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन ।

Leave a Reply