एजेन्सी, २५ माघ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भब्य सैन्य परेड आयोजना गर्न पेन्टनगनलाई आदेश दिएसँगै विभिन्न टिकाटिप्पणी सुरु भएको छ । केहीले सैन्य परेडले अमेरीकी सैन्य तागत विश्वसामु देखाउने अवसर भनेका छन भने डोमोक्रेटहरुले सैन्य शक्ति प्रदर्शनलाई निरंकुश देशहरुले गर्ने प्रदर्शनसँग तुलना गरी आलोचना गरेका छन ।
जोखिमपूर्ण काम गरिरहेका अमेरिकी सेनालाई उत्साह प्रदान गर्नका लागि भन्दै अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भव्य सैन्य परेड आयोजना गर्न पेन्टागनलाई आदेश दिनुभएको छ । अमेरिकी सेनामा कार्यरतहरुले त्यसलाई राष्ट्रपतिको सकारात्मक कदम भनी प्रतिक्रिया जनाएका छन् । यसबाट अमेरीकी सैन्य तागत विश्वसामु छर्लङग हुने जनाइएको छ ।
चीन, भारत, उत्तर कोरिया, फ्रान्स लगायतका देशहरुले झै अमेरिकाले पनि सैन्य परेड आयोजना गर्दा त्यसबाट अमेरिकाको शैन्य तागत उजागार हुने रक्षाबिद्हरुको बिश्लेषण छ । शैन्य शक्तिको प्रदर्शनबाट शैनिकहरुबीच सकारात्मक शन्देश प्रवाह हुने ह्वाइट हाउसका अधिकारीहरुको विश्वास छ । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको रुपमा शपथ लिनु अघि नै यस्तो सैनिक परेड आयोजना गर्ने पक्षमा बिचार राखेपनि बल्ल यसलाई मूर्तरुप दिन लागिएको हो ।
ट्रम्पकी प्रेस सचिव सारा सेन्डर्सका अनुसार अमेरिकालाई सुरक्षित राख्ने र आफ्नो जीवन खतरामा राखी काम गर्ने अमेरिकी शैनिकहरुलाई राष्ट्रपति ट्रम्पले समर्थन गर्नुभएको छ । जसमा सबै अमेरिकीहरुले सेनालाई सम्मान गर्ने अवसर प्राप्त विश्वास लिइएको छ । गत वर्षको फ्रान्सको राष्ट्रिय दिवस बास्टिल डेको परेडबाट प्रभावित बन्नुभएका ट्रम्पले उच्च सैनिक अधिकारीलाई अमेरिकामा पनि त्यस्तै गर्न आग्रह गरेको बताइएको छ ।
वाशिङ्टन डीसीमा सामान्यतया युद्धको अन्त्यतिर विजयको खुसियाली मनाउन मात्र सैनिक परेड आयोजना गरिन्छ । सैन्य परेड गर्ने योजनालाई डेमोक्रेटहरुले भने आलोचना गरेका छन् । उनीहरुले सैन्य शक्ति प्रदर्शनको योजनालाई निरंकुश देशहरूले गर्ने प्रदर्शनसँग तुलना गरेका छन् । पेन्टागनले भने कार्यक्रमबारे अहिले विस्तृत अध्ययन गरिरहेको जनाइएको छ । अमेरिकाको रक्षा विभाग अन्तर्गत १३ लाख महिला÷पुरुष सक्रिय रुपमा कार्यरत छन् ।
त्यस्तै ७ लाख ४२ हजार सिभिलियन ब्यक्तिहरु पनि रक्षा विभागमा आवद्ध छन । यसका अतिरिक्त रिजर्भ फोर्स र गार्डहरुले सेवा प्रदान गर्दै आएका छन । अमेरिकाको स्थल, जल र हवाइ सैनिकहरु आफ्नो कार्यदक्षताका लागि विश्वविख्यात रहेको बताइएको छ ।





