नेपाल र नामिविया बिचको खेल सुरु, नेपाल फिल्डिङ गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

नेपाल र नामिविया बिचको खेल सुरु, नेपाल फिल्डिङ गर्दै

काठमाडौं, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन –२ प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेलमा घरेलु टोली नामीबीयासँग प्रतिस्पर्धा गरिरहेको छ ।

नामिबियाको एफिज पार्कमा भइरहेको खेलमा नेपालले घरेलु टोली नामिबियालाई टस जितेर ब्याटिङको निम्तो दिएको छ । नेपालले आफ्नो दोस्रो खेल शुक्रबार ओमनसँग, तेस्रो खेल आइतबार युएईसँग र चौथो खेल सोमबार केन्यासँग खेल्ने छ ।

त्यस्तै नेपालले अन्तिम खेल फाल्गुन २ गते क्यानाडासँग खेल्ने छ । डिभिजन टुमा र्शीष दुई स्थान बनाउने टिमले जिम्बाबेमा सन् २०१९ मा हुने आइसीसी एक दिवसीय वल्र्ड कपको क्यालिफाएर राउण्डका लागि छनोट हुने छन् ।

ताजा समाचार