'प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन होस्' | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

‘प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन होस्’

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन जी पुस्ताको आन्दोलनमा सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भएको बताउनुभयो । घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको र धेरै युवाहरुको ज्यान गएको बताउनुभयो । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्ने माग गर्नुभयो ।

घटनाप्रति दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको अध्यक्ष ओलीको भनाइ उदृड गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

अहिले संविधानमाथि ठूलो आक्रमण भएको बताउँदै प्रधानमन्त्रीबाट आफूले राजीनामा दिएपछि पनि संहदरबार जलाइएको, नेपालको नक्शा जलाइएको, देशको निशानी मेटाउन खोजिएको बताउनुभयो । विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला ? उहाँको प्रश्न छ ।

अध्यक्ष ओलीले सबै पुस्ताका नेपाली एकजुट हुनुपर्ने आह्वान गर्दै सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न रसंविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । एकताले नै देशसामु उत्पन्न अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्ने बताउनुभयो ।

Leave a Reply