आगो लगाएर मार्नेहरूले उल्टै मलाई हत्यारा भन्छन् : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८२, आइतबार

आगो लगाएर मार्नेहरूले उल्टै मलाई हत्यारा भन्छन् : अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरुले अराजकता सिर्जना गरेर आफूमाथि आरोप लगाउने काम गरिरहेको बताउनुभएको छ ।  झापावासीहरुसँगको भेटघाटका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गत भदौ २३ र २४ गतेको घटना केही तत्वहरूले उपद्रव मच्चाएर ठूलो उपद्रव तथा राष्ट्रिय स्तरको अराजकता सिर्जना गर्ने वातावरण बनाउने प्रयास गरेको बताउनुभयो । उहाँले पहिलेदेखि नै यस्तो सम्भावनाबारे सचेत रहेको तर पूर्ण रूपमा रोक्न नसकेको बताउनुभयो । उहाँले आगो लगाउने तथा मार्नेहरूले उल्टै आफूमाथि हत्यारा, षड्यन्त्रकारी तथा घृणित आरोप लगाएर देशलाई बद्नाम गर्ने काम गरेको बताउनुभयो ।

प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन नसक्ने भन्दै ओलीले प्रधानमन्त्रीले गोली चलायो भन्नेहरु बेवकुफ वा अपराधी भएको बताउनुभयो । ओलीको यो अभिव्यक्ति भदौ २३ गतेको जेन–जी प्रदर्शन तथा हिंसात्मक घटनासँग सम्बन्धित छ । जसमा प्रदर्शनकारीहरूको आक्रमण, आगजनी तथा प्रहरीको कारबाहीका क्रममा दर्जनौंको ज्यान गएको थियो । सो घटनापछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । उहाँले पटक–पटक गोली चलाउने आदेश नदिएको दाबी गर्दै आउनुभएको छ भने छानबिनको माग पनि गर्नुभएको छ ।

अध्यक्ष ओलीले झुटको प्रचार गर्नेहरुले विभिन्न आरोप लगाइरहे पनि यथार्थ कुरा आम नागरिकलाई बुझाउन सक्नुपर्ने बताउनुभयो ।

Leave a Reply