नेपाली कलाकारिताको क्षेत्रमा लक्ष्मी गिरीको योगदान निकै महत्वपूर्ण रहेको छ । उनी हास्यकलाकारको अभिनयबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी थिइन् । यस क्षेत्रमा प्रवेश गर्दा देखि अहिलेको अवस्थासम्म आइपुग्दा उनले के कस्ता संघर्ष गर्नु पर्यो ? घर परिवार सम्हाल्दै कलाकारिता गर्दाका कठिनाई र रमाइलोपन के छन् ? यी र यस्तै विषयमा केन्द्रीत रहेर माउन्टेन टेलिभिजनकी विनीता केसीले कलाकार लक्ष्मी गिरीसँग गरेको रोचक माउन्टेन संवाद हेर्नुहोस्: