काठमाडौं
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर प्रहरीलाई व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिएकी छन् । ३३औँ महानगर प्रहरी दिवसका अवसरमा शनिबार ९भदौ १४० काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो सुझाव दिएकी हुन् ।
महानगर प्रहरी मेयर बालेन्द्र शाह बालेनको निर्देशनानुसार मात्र चल्ने गरेको उनले आशय व्यक्त गरिन् ।
व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर फिल्डमा खटिन उनले आग्रह गरिन् ।उनले कानुनी शासनको प्रतिनिधित्व गर्ने विषयमा मानक स्थापना गर्न पनि सुझाव दिइन् । ‘सदैव यहाँहरूले बर्दी लगाएर फिल्डमा गइरहनुहुँदाखेरि म कोही व्यक्तिको प्रतिनिधित्व होइन, म संस्थाको प्रतिनिधित्व गर्छु, म कानुनी शासनको प्रतिनिधित्व गर्छु भन्ने कुरा स्थापित गर्न सक्नुहोस्,” उनले भनिन्, “यो शुभकामना छ यहाँहरू सबैजनालाई ।”उनले काठमाडौं महानगरपालिकामा सुशासन स्थापना गर्न उदाहरण बन्न पनि सबै नगरप्रहरीलाई आग्रह गरिन् ।




