काठमाडाैं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएको छ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग गर्नुभएको छलफलपछि यसबारे जानकारी गराइएको हो ।
प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा सदनलाई जानकारी गराउनु हुने कार्यसूची रहेको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार संसदको आगामी बैठक र कार्यसूचीबारे छलफल भएको छ भने १३ गतेपछि १८ गते र २५,२६ र २७ भदौमा बैठक हुने सहमति भएको छ ।
सदनमा आसन्न चीन भ्रमणबारे प्रधानमन्त्रीले जानकारी गराउने कार्यसूची रहेको उहाँले बताउनुभयो ।





