संसदको शक्ति सन्तुलन हेरेर संविधान संशोधन अगाडि बढाउनुपर्छ : महेश बर्ताैला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

संसदको शक्ति सन्तुलन हेरेर संविधान संशोधन अगाडि बढाउनुपर्छ : महेश बर्ताैला

काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तत्काल पार नलाग्ने कुरालाई बहसको विषय बनाएर अलपत्र पार्न नहुने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बिहीबार संसदमा नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापाले उठाउनुभएको संविधान संशोधनको विषयबारे लक्षित गर्दै उहाँले संसदको अहिलेको शक्ति सन्तुलनले पार लगाउने स्थिति देखिएपछि संविधान संशोधनको कार्य अघि नबढाइएको बताउनुभएकाे हाे।

उहाँले तत्काल निष्कर्षमा पुर्याउन नसकिने कुराहरु बहसमा ल्याएर छोड्ने कुरा राम्रो नहुने भएकाले आन्तरिक रुपमा गृहकार्य गरेर मात्रै संविधान संशोधनको विषय अघि बढाउन आवश्यक हुने उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकारको उद्देश्य संघीयतालाई व्यवहारतः कार्यान्वयन गर्नका लागि लैजानु रहेको बताउनुभयो ।

कतिपय विषयवस्तुमा सिंगो देशलाई लैजाने तर संसदबाट पारित गर्न नसक्ने अवस्था भए त्यसका नाममा मुलुकमा अर्को फेरि अनावश्यक ध्रुवीकरण सिर्जना हुने बताउनुभयो ।

प्रमुख सचेतक बर्तौलाले राजनीतिक संघीयता ठिक ढंगबाट कार्यान्वयनमा पुर्याउन सकिएको बताउनुभयो । जनताको जीवनसँग जोडिएर सरकारले काम गर्नुपर्ने बताउनुभयो । सांसदहरु विधायिकी कार्यमै बढी जोडिनुपर्ने जरुरी रहेको उहाँकाे भनाइ छ ।

Leave a Reply