काठमाडौँ ।
राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन स्पेन पठाएको महाराजगन्जस्थित एक ट्राभल्समाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले छापा मारेको छ । सीआईबीका एसएसपी होबिन्द्र बोगटी नेतृत्वको छानबिन समितिले भिजिट अबरोड टुर्स एण्ड ट्राभल्समा एक साताअघि छापा मारिएको छापा मारेको हो ।
सम्मेलनमा सहभागी हुने भन्दै नक्कली कागजात बनाएर कार्यक्रमका निम्ति स्पेन पठाएको ट्राभल्समा सीआईबीले छापा मारेको हो ।स्पेनको सेभियामा असार १६ देखि १९ सम्म आयोजित सम्मेलनमा सहभागी नेपालीमध्ये केही उक्त ट्राभल्समार्फत गएका खुलेको छ । उक्त ट्राभल्सबाट केही शंकास्पद लागेका कागजात र ल्यापटपहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।




