काठमाडाैं । संयुक्त ट्रेड युनियन (जेटियुसीसी)ले विभिन्न माग राखेर दबाबमुलक साङ्केतिक र्याली प्रदर्शन गरेको छ । दशकौँदेखि क्रियाशील श्रमिकहरुको छाता संघठन जेटियुसीसीले न्यूनत्तम पारिश्रमिक वृद्धि, श्रम कानुन कार्यान्वयनको मागलगायतका मागहरू राखेर र्याली गरेकाे हाे ।
संगठनले त्रिपक्षीय सहमतिमा न्यूनत्तम पारिश्रमिक तीस हजार चार सय ४३ निर्धारण गर्नुपर्ने, श्रम कानुन कागजमा मात्र हाेइन व्यवहारमा पनि लागु गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा सूचीकरण गराइनु पर्नेलगायतका माग संगठनले राखेकाे छ ।
जेटियुसीसीका अध्यक्ष सजगत सिम्खडाले श्रमिकहरुमाथि भएका अन्यायको तत्काल अन्त्य हुनुपर्नेमा जाेड दिनुभयाे । श्रम ऐनकै गलत व्याख्या भइरहेकाे उहाँकाे भनाइ छ । उहाँले श्रम बजारको नियमनका लागि त्रिपक्षीय सम्यन्त्र गठन गर्न सरकारसँग माग गर्नुभयाे ।
अध्यक्ष सिम्खडाले विद्यमान श्रम ऐन दफा १४५ लगायतको अपब्याख्या गरी श्रमिक निष्कासन गर्ने, १०९,१३९ कानुन विपरित ठेकेदारले काम लगाउने, सरुवा, आउट्सोर्सिङ, मुख्यतः स्थायी प्रकृतिका श्रमिक कटौती, कानुन विपरित श्रम आपूर्ति गर्ने जस्ता गतिविधिको अन्त्य हुनुपर्नेमा जाेड दिनुभयाे ।
नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले न्यूनत्तम पारिश्रमिकमा राज्यले पूरा गर्नुपर्ने दायित्व भएकाे बताउनुभयाे । उहाँले महङ्गीको आधारमा, सर्वेक्षणको आधारमा, प्रधानमन्त्रीले बोलेका आधारमा न्यूनत्तम तीस हजार चार सय ४३ हुनुपर्ने मुद्दामा लागेकाे बताउनुभयाे ।
उहाँले सरकारको नियमन नै कमजोर भएकाले सरोकारवालालाई पूर्ण व्यवस्था, कानुन अनुसार मूल्याकंन नभएकाले मुख्यतया रोजगार पक्षको मनोबल बढेको बताउनुभयाे । आमहड्ताल, संघर्ष हाेइन मौलिक अधिकार प्राप्तिका लागि यो वर्गीय आन्दोलन निरन्तर रहने उहाँकाे भनाइ छ ।
जिफन्ट उपाध्यक्ष बिदुर कार्कीले उद्योगपति-लगानीकर्ताको १७ हजार तीन सयले जीवन चल्न नसकेपनि चलाउनु पर्ने बाध्यता भएकाे बताउनुभयाे ।न्यूनत्तम पारिश्रमिक तीस हजार चार सय ४३ रकम जिउनका लागि अत्यावश्यक ज्याला भएकाे उहाँकाे भनाइ छ ।
नेकपा एमालेका नेता योगेश भट्टराईले अहिले पर्ख र हेरको अवस्थामा भएकाले असार मसान्तसम्म लागू नभएको खण्डमा श्रावणबाट कडा ढङ्गकाे संघर्ष गर्नेुपर्नेमा जाेड दिनुभयाे ।





